उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र प्रहार


१ असार २०८०, शुक्रबार
chhyabastra1686852879

काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका सेनाले गरेको सैन्य अभ्यासलाई ‘अपरिहार्य’ प्रतिक्रिया दिने चेतावनी दिएको एक घण्टाभन्दा कम समयमै प्रक्षेपण गरिएको थियो ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बिहीबार उत्तर कोरियाको राजधानी क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको बताए । जापानको रक्षा मन्त्रालयले दुई ब्यालेस्टिक क्षेप्यास्त्र देशको विशेष आर्थिक क्षेत्र भित्र अवतरण गरेको, सम्भवतः अनियमित प्रक्षेपणमा उडेको बताएको छ ।

एउटा इशिकावा प्रिफेक्चरको भाग, हेगुरा टापुको उत्तरपश्चिममा करिब ११० किलोमिटर (७० माइल) उत्तरपश्चिममा रहेको ईस्ट सी भनेर चिनिने जापानको सागरमा र अर्को २५० किलोमिटर ९१५५ माईल टाढा रहेको जापानी अधिकारीहरूले बताए । अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको कार्यको निन्दा गरेको छ । अल्जजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७