खाँणले भने, ‘म निर्दोष थिएँ, उच्च अदालतबाट न्याय हुन्छ होला’

ममाथि सोह्रै आना अन्याय भएको छ : समशेर मियाँ


१ असार २०८०, शुक्रबार
balkrishna khand

काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्‍याउँदै आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसपछि खाँणसहित १६ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि इजलासबाट बाहिरिने क्रममा खाँणले भने, ‘म निर्दोष थिएँ । घटनामा सामेल थिएन ।’ उनले भने, ‘काठमाडौँ जिल्ला अदालतले आज दिएको आदेश अध्ययन गर्छु । अब उच्च अदालतबाट न्याय होला ।’

त्यस्तै हज समितिका अध्यक्ष समेत रहेका समशेर मियाँले आफूमाथि अन्याय भएको बताए । ‘ममाथि सोह्रै आना अन्याय भएको छ,’ उनले भने । खाँण र मियाँ बाहेक अन्य भने सार्वजनिकरूपमा बोलेनन् । काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । गुरुङले १० लाख र महर्जनले पाँच लाख बुझाएर शुक्रबार नै रिहा भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७