प्रतिनिधि सभाको वैठक बस्दै : बजेटमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने


११ असार २०८०, सोमबार
samsad 4

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने छन् ।

aajko 768x735 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७