प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिँदै


१२ असार २०८०, मंगलवार
samsad 4

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने छन् ।

aajko karyasuchi 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७