अध्यादेशबाट बजेट ल्याउनु वाध्यता थियो : मुख्यमन्त्री कार्की


१४ असार २०८०, बिहीबार
Hikmat kumar karki

मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तासाझेदार दलले आफू नेतृत्वको सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउनु परेको बताएका छन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता गरेसँगै संसद (प्रदेशसभा)बाट बजेट ल्याउन नसकिएको बताए । प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गर्ने क्रममा उनले नीति तथा कार्यक्रम संसदमा पेश गरेपनि बजेट अध्यादेशबाट ल्याइएको उल्लेख गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए। अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर उनले अध्यादेशबाट बजेट ल्याएका थिए । बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले बजेट अध्यादेश पेश गरेका हुन् । जेठ ३१ गते नीति तथा कार्यक्रम ल्याएर संविधानको प्रयोग गरेर अध्यादेशबाट बजेट ल्याइएको उनले बताए ।

माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले आज विश्वासको मत लिँदैछन् । अहिले संसदलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७