नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने


१७ असार २०८०, आईतवार
Mugling payjn7hiro 2 scaled
फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । ‘अर्को ढिस्को पनि खस्ने अवस्थामा छ’, पौडेलले भने । सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७