विश्वकप प्लेअफ : नेपाललाई यूएईले दियो १८२ रनको लक्ष्य


१७ असार २०८०, आईतवार
Nepali Cricket CAN1687575358

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।
हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याट्रिमा उत्रिएको यूएईले ४६ ओभर पाँच बलमा सबै विकेट गुमाएर १८१ रनको योगफल बनायो । उसका लागि कप्तान भ्रित्या अरविन्दले सर्वाधिक ४४ रन बनाए । राहन मुस्तफाले ३५ रन थपे ।

नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर तीन ओभर मेडन राख्दै २३ रन खर्चेर तीन विकेट लिए । करण केसीले आड ओभर पाँच बलमा ३६ रन खर्चेर तीन विकेट लिए । प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र ऐरीले एक एक विकेट लिए ।
यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७