जिम्बावेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट


१७ असार २०८०, आईतवार
sltwitter 1233237 1688302133 oyrfmPp4Wu

काठमाडौँ । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले हराउँदै श्रीलंका विश्वकपमा छानिएको छ । बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ । जिम्बावेले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकाका पथुम निसंकाले अविजित १०१ रन बनाए ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए । त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलव २ ओभरमा १६५ रनमा अलआउट भयो । जिम्बावेका लागि सन विलियम्सले ५६ रन बनाए । श्रीलंकाका स्पिनर महेष थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए ।

पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए । जितसँगै श्रीलंका ८ अङ्ककासाथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ । पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७