सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त मलेसियासँग


१८ असार २०८०, सोमबार
cricket

काठमाडौं । एसीसी यू–१६ मेन्स इस्ट जोन कपमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटिएको हो ।

सिंगापुरका लागि रोशन रविशचन्द्रनले २४, प्रनव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि कृतिक कामतले तीन विकेट लिए । उनले २.३ ओभरमा एक मेडियन राख्दै नौ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालका लागि सुर्यान्शु कोइरालाले ४३, निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५ र सन्तोष यादवले १८ रन बनाए । अब फाइनलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मंगलबार बिहान हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७