मदन स्मृति व्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि, सांसद र पूर्व सांसद भिड्दै


१८ असार २०८०, सोमबार
NEKOS

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले भोलि (मंगलबार) देखि मदन स्मृति व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असार १९ र २० गते ललितपुरमा मदन स्मृति व्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

संविधानसभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यबीच ललितपुर महाललक्ष्मीस्थानस्थीत रिभाइभ लिजर पार्कमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक धर्म कुमार श्रेष्ठले जानकारी दिए । खेलकुदको मुद्दालाई राजनीतिक मुद्दा बनाउन अपरिहार्य भएकाले उक्त जिम्मेवारी बोध गराउनका लागि महासंघले देशको नीति निर्मातालाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्न लागिएको श्रेष्ठको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन हुने प्रतियोगितामा सहभागी जनाउन विभिन्न राजनीतिक दलबाट ६० जना सांसदले नाम दर्ता गराएको जानकारी उपाध्यक्ष श्रेष्ठले दिएका छन् । प्रतियोगीताका सम्पूर्ण खेलहरु नेपाल व्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय व्याडमिन्टन फेडेरेशनको नियमानुसार नै खेलाइने महासंघले जनाएको छ । प्रतियोगितामा पुरुष युगल र महिला युगलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७