नेपालले आयरल्याण्डलाई दियो २६९ रनको चुनौती


१९ असार २०८०, मंगलवार
Kushal Malla

काठमाडौँ । आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्याण्डलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रनको योगफल तयार पारेको हो । नेपालका विकेट किपर अर्जुन साउद ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रनमा एलबीडब्लु धरापमा परे ।

अर्जुन २६ औँ ओभरको अन्तिम बलमा स्पिनर ग्यारेथ डेलानीको अर्जुन एलबीडब्लू आउट भए । अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे । कप्तान रोहित ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा क्याच आउट भए । ३८ बलमा ५ चौका र २ छक्का हानेका कुशल मल्ल ४४ र भीम सार्की २० रनमा क्याच आउट भए । ओपनर कुशल भुर्तेल ८ रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा क्याच आउट हुन पुगे ।

दिपेन्द्र सिंह ऐरी शून्य रनमा एलबीडब्लू धरापमा परे। आठौँ विकेटका लागि गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरे । ओडीआईमा आठौं विकेटका लागि भएको यो उच्च साझेदारी हो। यसअघि आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरि र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।

गुलशनले ४० बलमा ४ चौका र २ छक्का मद्वतमा अर्धशतक पूरा गरे । सन्दीपले ३० बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाए। करण केसी ४ रनमा आउट भए । गुलशन झा ५७ र किशोर महतो १ रनमा नटआउट रहे । गुलशनले ४२ बलमा बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७