जिम्बावे विश्वकपबाट बाहिरियो


२० असार २०८०, बुधबार
zimbawe ooNNqvbmpm

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा घरेलु टोली जिम्बावे स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डसँग ३१ रनले पराजित जिम्बावे विश्वकपबाट बाहिरिएको छ ।

यो हारसँगै जिम्बावे आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुग्न असफल भएको हो । जितको लागि २३५ रनको लक्ष्य पछ्याएको जिम्बावे ४१ ओभर १ बलमा २०३ रनमा अलआउट भयो । अब नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एक टोली विश्वकपमा पुग्नेछन् । बिहीवार नेदरल्यान्ड् र स्कटल्यान्डबीच खेल हुनेछ । यो खेलमा स्कटल्यान्ड विजयी भएमा सोझै विश्वकपमा पुग्नेछ भने पराजित भएमा नेटरनरेटमा भर पर्नेछ ।

श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको छ । प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग २ विकेटले पराजित भयो । नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहेर विश्वकप छनोट यात्रा टुङग्याएको छ । नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । नेपालले यसअघि टेस्ट राष्ट्र जिम्बावे र वेस्ट इन्डिजसँग खेलेको थियो । यी दुई खेलमा पनि नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७