किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ


२० असार २०८०, बुधबार
rape unsafe women home
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ हेल्थपोस्टमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिकाको वडा नं. ९ का २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री पक्राउ परेका हुन् । उनीहरु दुबै जना डेरी सञ्चालक हुन् । उनीहरुलाई पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीले बताए ।

दोधारा चाँदनी नगरपालिकामा बस्ने १७ वर्षीया किशोरी आइतबार साँझ सोही नगरपालिका–७ मा आफन्तको जन्मदिन मनाउन गइरहेकी थिइन् । त्यसैबेला हेल्थ पोस्टमा डेरी सञ्चालक उपाध्यायले मोटरसाइकलमा पुर्‍याइदिने भन्दै भित्र बोलाएर जबरजस्ती गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७