खेल्ने क्रममा बागमती नहरमा खसेका चार वर्षीय बालकको मृत्यु


२० असार २०८०, बुधबार
dubera
सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीमा बागमती नहरले बगाउँदा एक चार वर्षीय बालकको ज्यान गएको छ । बागमती नगरपालिका–८, सोल्टीमा मंगलबार नहरले बगाउँदा स्थानीय अनिल विकका छोरा दीक्षान्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरीले उद्धार गरेर भेनस अस्पताल बरहथवामा पुर्‍याएका थिए ।

त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन पुर्‍याइएको थियो । हरिवनमा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७