एमाले अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित


२० असार २०८०, बुधबार
Samsad 1 scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपराह्न २ः३१ मा बैठक प्रारम्भ हुने बित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो । तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १ः०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७