सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु


२१ असार २०८०, बिहीबार
bus accident karent1688624434

दाङ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेको यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

करेन्ट लाग्दा रोल्पाको दलसिङ्गेका अन्दाजी ७० वर्षका कालुराम डाँगी र त्यही ठाउँका अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको ज्यान गएको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रतन शर्माले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको उद्धार गरिएको छ । घाइते हुनेमा गाडी मालिक सल्यानको छत्रेश्वरी गाउँपालिका ६ का ३३ वर्षीय महेन्द्र वली छन् ।

रा १ ख ८३४ नम्बरको बसमा सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गए राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । उद्धारको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७