नहरमा बेपत्ता वृद्ध मृत फेला


२१ असार २०८०, बिहीबार
death
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन् । ‘नहरमा हामफालेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शव भेटिएको हो’, उनले भने, ‘खोजी गर्दै जाँदा २५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७