बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति


२२ असार २०८०, शुक्रबार
Melamchi badhi fattekhola sindhupalchok scaled
फाइल फोटो

सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।
गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए ।

‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन’, उनले भने । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् । इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७