इङ्ल्याण्डले ३९ वर्षपछि जित्यो यू–२१ युरोकप


२५ असार २०८०, सोमबार
1688880782 urocup 1200x560 1

काठमाडौँ । स्पेनलाई हराउँदै इङ्ल्याण्डले ३९ वर्षपछि युरोपियन यू–२१ च्याम्पियनसिपको उपाधि जितेका छ । चार पटकको यु–२१ युरोकप विजेता टोली स्पेनविरुद्ध १–० कठिन जित निकाल्दै इंग्ल्याण्डले उपाधि हात पारेको हो ।

इंग्ल्याण्डले यसअघि यु–२१ युरोकपको उपाधि सन् १९८४ मा जितेको थियो । इंग्ल्याण्डका गोलरक्षक जेम्स ट्राफोर्डले स्पेनले अन्तिम मिनेटमा पाएको पेनाल्टी बचाउ गरेपछि जित सम्भव भएको हो । पहिलो हाफको अतिरिक्त समयमा पाएको फ्रि–किकमार्फत पामरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७