मेस्सीलाई पछि पार्दै रोनाल्डोले बनाए नयाँ विश्व कीर्तिमान


३० असार २०८०, शनिबार
Messi vs Ronaldo Featured MK

न्युयोर्क । लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो अवसर हो । सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् ।

साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् । पोर्चुगिज खेलाडीले क्रमशः ४.६ करोड डलर र ९ करोड डलर आम्दानी गरेका छन् । अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठूलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे ।

सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध थिए ।
यस्तो छ २०२३ मा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची

१. क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर

२. लियोनेल मेस्सी –१३ करोड डलर

३. किलियान एम्बाप्पे –१२ करोड डलर

४. लिब्रोन जेम्स –११.९५ करोड डलर

५. कानेलो अल्भारेज –११ करोड डलर

६. डस्टिन जोनसन – १०.७ करोड डलर

७. फिल मिकेल्सन – १०.६ करोड डलर

८. स्टेफन करी –१०.०४ करोड डलर

९. रोजर फेडरर –९.५१ करोड डलर

१०. केभिन डुरान्ट – ८.९१ करोड डलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७