भारतको बिहारमा बर्षा र चट्याङ लागेर २२ जनाको मृत्यु


३० असार २०८०, शनिबार
bihar

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ ।

चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ । सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७