प्रधानन्यायाधिश कार्कीले राष्ट्रपतिलाई बुझाए देशभरका अदालतको वार्षिक प्रतिवेदन (प्रतिवेदन)


३१ असार २०८०, आईतवार
Ramchandra poudel harikrishna

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेल समक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले देशभरका अदालतको प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिवेदनमा सर्वोच्चच अदालत, पुनरावेदन अदालत, जिल्ला अदालत र अन्य अदालत तथा न्यायाधीकरणबाट भएका न्याय सम्पादन तथा अन्य व्यवस्थापकिय कार्य सम्बन्धी मुख्य मुख्य विवरण समेटिएको छ ।

न्यायापालिकाका समसामयिक चुनौती र न्यायपालिकाले राखेका अपेक्षासहितका विषयवस्तु समेटिएको सर्वोच्चले जनाएको छ । गत आर्थिक वर्षमा देशभरका सबै अदालतमा ५०.३६ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । सर्वोच्च अदालतमा सबैभन्दा कम १९ प्रतिशत र उच्च अदालतमा ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ । जिल्ला अदालतमा ५३ प्रतिशत र अन्य अदालत तथा न्यायाधीकरणमा ५७.३९ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७