सञ्चार सचिव राउतसहित प्रतिवादीको रिट ढुङ्गाना र सुवेदीको इजलासमा


१ श्रावण २०८०, सोमबार
Lalita Niwash Jagga Prakaran Pakrau VIP

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित चार जना प्रविादीको बन्दी प्ररत्यक्षीकरणसम्बन्धी रिट आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका सचिव राउत पक्राउ परेपछि उनका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिइएको थियो । उनको निवेदनमाथि सुनुवाइ गर्दै बन्दी प्रत्यक्षीकरण आदेश किन नहुने भन्दै सरकारका नामा कारण देखाऊ आदेश जारी गरिएको थियो ।

सरकारको लिखित जवाफसहित उनीसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको निवेदन पनि एकसाथ सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७