केटा साथीमाथि कुट्पिट, १७ वर्षीया दलित युवतीमाथि सामुहिक बलात्कार


१ श्रावण २०८०, सोमबार
rape unsafe women home
सांकेतिक तस्वीर

काठमाडौँ । भारतको जोधपुरमा एक १७ वर्षीया दलित युवतीमाथि सामुहिक बलात्कार भएको छ । हिन्दुस्तान टाइम्सले जनाएअनुसार राजस्थानको जोधपुर जिल्लामा रहेको जेएनभियू ओल्ड क्याम्पसमा आइतबार राति उक्त युवतीमाथि तीन जनाले सामुहिक बलात्कार गरेका हुन् ।

प्रहरीले जनाएअनुसार अजमेरकी १७ वर्षीया उक्त युवती अर्का एक युवकसँग घरबाट भागेकी थिइन् । उनीहरु शनिबार राति बसमा चढेर जोधपुर पुगेका थिए र बस्ने स्थानको खोजीमा थिए । सोही क्रममा तीन जना पुरुषले सहयोग गर्ने जनाए ।
सामुहिक बलात्कारको आरोप लागेका २१ वर्षीय समन्दर सिंह, २१ वर्षीय धरमपाल सिंह र २२ वर्षीय भटम सिंहले उनीहरूलाई सहयोग गर्ने आश्वासन दिएका थिए । ती तीन जनाले उनीहरूलाई खाना दिनुका साथै उनीहरूलाई रेलबाट यात्राका लागि सहयोग गर्ने जनाएका थिए ।

त्यसपछि उनीहरू पाँचै जना सँगै जाँदै गर्दा आइतबार विहान ४ बजेतिर उनीहरू क्याम्पसमा छिरेपछि तीन जनामध्ये दुई जनाले भागेर आएका केटालाई समाते तथा कुटपिट गरे । त्यसपछि उनीहरूले युवतीमाथि कुटपिट गर्नुका साथै सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७