एकीकृत समाजवादीको सचिवालय वैठक आज सकिंदै : महाधिवेशनको मिति टुङ्गो लगाउने


५ श्रावण २०८०, शुक्रबार
Samajbadi
फाइल फोटो

काठमाडौं । एक सातादेखि जारी सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय वैठक आज सकिने भएको छ । शुक्रबारदेखि सुरू भएको बैठक आज सकिने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् । कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका छन् । आज सकिने बैठकले सम्भवतः महाधिवेशनको मिति टुंग्याउने बताइएको छ । २०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एसले पहिलो महाधिवेशनको गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७