पत्रकार महासंघले भन्यो : चौतारी अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लेऊ


५ श्रावण २०८०, शुक्रबार
Ganesh Basnet

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

जनता टाइम्स डटकमका प्रधान सम्पादक समेत रहेका बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको आरोप लगाउँदै उजुरी दर्ता गरेको थियो ।

महासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको बताएको छ । महासंघले बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन माग गरेको छ ।

360105839 265727369526063 5447714175057409221 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७