प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, खड्कालाई कार्यवाहकको जिम्मेवारी


६ श्रावण २०८०, शनिबार
purna bdr khadga
फाइल फोटो

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेसँगै खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीकै सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ । इटालीको राजधानी रोममा हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

kh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७