कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा


७ श्रावण २०८०, आईतवार
sarbochcha 1

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।

गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले) ले सर्वोच्चमा रिट हालेका थिए । एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् । सर्वोच्चमा आज दुवै पक्षका वकिलले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७