ग्लोबल टी–२० : सन्दीप आबद्ध सर्रे जगुआर्सको पहिलो जित


१० श्रावण २०८०, बुधबार
sandeep global t 20

काठमाडौं । ग्लोबल टी–२० क्यानडामा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले तेस्रो खेलमा जित हात पारेको छ । गए राति भएको खेलमा सर्रेले टोरन्टो नेशनललाई २० रनले पराजित गरेको हो ।

यो उसको पहिलो जित हो । खेलमा लामिछानेले २ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले जम्मा २२ रन दिए । पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७