टाइगर्सको जितमा दीपेन्द्रको ‘अलराउण्डर’ प्रदर्शन


१० श्रावण २०८०, बुधबार
deependrasingh

काठमाडौँ । ग्लोबल टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टिमका स्टार दीपेन्द्रसिंह ऐरी समिलित मोन्ट्रिएल टाइगर्सको उत्कृष्ट प्रदर्शन जारी छ । तीन खेलमा तेस्रो जित निकाल्ने क्रममा नेपाली स्टार दीपेन्द्रले अलराउण्डर प्रदर्शन गरेका छन् । उनले तीन विकेटमा आफ्नो योगदान दिँदा २२ रनको अविजित इनिङ समेत खेले ।

दीपेन्द्र आवद्ध टाइगर्सले भानकौभर नाइट्सलाई ६ विकेटले पराजित गर्दा दीपेन्द्रसिंह ऐरीको अलराउण्डर प्रदर्शन प्रशंसनीय रह्यो । उनले १ विकेट लिँदै २२ रन बनाएर अविजित रहेका थिए । पहिले ब्याटिङ गर्दै नाइट्सले दिएको १५० रनको लक्ष्य ११ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गरेको थियो । नाइट्सका लागि फखर जमानले ७३ रनको इनिङ खेलेका थिए । जमानलाई दीपेन्द्रले कार्लोस ब्रेथवेटबाट क्याचआउट गराएका थिए । त्यस्तै, उनले अर्का ओपनर रायन पाथनको क्याच समेत लिए । साथमा उनले हर्स थकरलाई समेत रनआउट गराएका थिए ।

१५० रनको लक्ष्य पछ्याएको टाइगर्सले खराब सुरुवात गरे पनि सर्फन रुथरफोर्डले ८४ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको अविजित इनिङ खेलेपछि टिमले सहज रूपमा ६ विकेटको जित निकाल्यो । उनीहरूले पाँचौँ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । टाइगर्स प्रतियोगितामा तीन जितसँगै शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७