८,८९६ थान हातहतियार गरियो नष्ट


११ श्रावण २०८०, बिहीबार
gun nasta garda

काठमाडौँ । विभिन्न समयमा बरामद भएका ८,८९६ थान हातहतियार नष्ट गरिएको छ । बरामद भएका वा बेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १ सय ७७ थान, पेस्तोल १ हजार ७६ थान, म्याग्नम २ सय ३२ थान, एयर गन २९ थान, सर्ट गन २ सय २९ थान, थ्रीनटथ्री राइफल ६ सय २६ थान, रिभल्भर ३ सय ३४ थान, ग्यास गन १० थान, नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार नष्ट गरिएको हो ।

gun nasta gardai 1

नेपा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेत प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय,, स्थानीय प्रतिनिधि लगायतको रोहवरमा हातहतियार नष्ट गरिएको हो । प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७