बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला


१५ श्रावण २०८०, सोमबार
hmb.jpg 1EgKAN2bNc

कैलाली । कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ । जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो ।

आइतबार शव फेला परेको प्रहरीले जनाएको छ । उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७