झापा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ नै चुनाव लड्छुः कृष्णप्रसाद सिटौला
सुरुङ्गा(झापा) : समानुपातिकमा बस्ने हल्ला चलिरहेकाे बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् । बाह्रदशी गाउँपालिकामा साेमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी मंसिर २१ गते हुने झापा क्षेत्र नं ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पारेका हुन् ।
व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै उनले भने, “हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।”
उहाँले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र उहाँले देशभरि घुम्नुहोस् चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताए ।