मेची र विराटनगर भन्सारबाट १४ करोड बढीको बन्दागोभी निर्यात


१७ श्रावण २०८०, बुधबार
bandagovi g6ft6Tun1E1683173245

मोरङ । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने बन्दागोभी गत आर्थिक वर्षमा विराटनगर र मेची भन्सार हुँदै १४ करोड बढीको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यी दुई भन्सारबाट १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो । पूर्वी नाका काँकरभिट्टाबाट ७ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको ७६ लाख ३९ हजार १३ केजी बन्दागोभी निर्यात भएको उनले बताए ।

विराटनगर भन्सार हुँदै एक वर्षको अवधिमा ६ करोड ५६ लाख ९२ हजार आठ सय मूल्य बराबरको ४५ लाख ६२ हजार केजी बन्दागोभी निर्यात भएको उनको भनाइ छ । कोशीका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा बन्दागोभीको व्यावसायिक खेती हुने गरेको छ ।

अघिल्लो आवको नौ महिनामा मात्र पूर्वी नाका काँकरभिट्टाबाट १७ करोड बढीको बन्दागोभी निर्यात भएको थियो । जसको तुलनामा गत आर्थिक वर्षमा यसको निर्यात आधाभन्दा बढी घटेको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७