माओवादी केन्द्रीय समिति बैठक आज पनि


१८ श्रावण २०८०, बिहीबार
prachanda 2

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार) पनि जारी रहने छ । आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बैठक सुरु हुनेछ ।

हिजोदेखि सुरु भएको बैठकमा पहिलो दिन १८ नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि धारणा प्रस्तुत गरेका छन् । बैठकमा नेताहरूले पार्टीको पुनर्निर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका काम कारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको थिए । बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले सङ्गठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टीपंक्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७