श्रीमतीको हत्या आरोपमा युवक पक्राउ


२० श्रावण २०८०, शनिबार
pakrau
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी पु¥याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७