गौर हत्याकाण्डका पीडितलाई प्रधानमन्त्रीको आवश्वासन : छिट्टै वार्ता टोली बनाउँछु


२० श्रावण २०८०, शनिबार
Gour ghatana pidit

काठमाडौं । गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुको भेटवार्ता भएको हो ।

भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर हत्याकाण्डका दोषीहरूलाई कारबाहीको दायरमा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको बताएको भेटमा सहभागी एक जनाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले संघर्ष समितिसँग वार्ताका लागि छिटै नै गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने जानकारी दिएका थिए । यसैबीच गौर हत्याकाण्डका पीडितहरूले आज आठौँ दिन पनि धर्ना कार्यक्रम जारी राखेका छन् । रौतहटको चन्द्रपुरमा पीडित परिवारले सुरु गरेको धर्ना आठौँ दिन पनि जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७