माओवादी नेताहरुको विभाग फेरबदल


२१ श्रावण २०८०, आईतवार
maobadi party

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुको जिम्मेवारी फेरबदल गरेका हुन् । पार्टी पदाधिकारी बैठकमा गरिएको उक्त प्रस्तावलाई जारी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिँदै छ ।

नयाँ जिम्मेवारी अनुसार उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । बागमती प्रदेश इञ्चार्जमा उपमहासचिव जनार्दन शर्मा आएका छन् । सचिव देवेन्द्र पौडेल मधेश प्रदेशको इन्चार्ज भएका छन् । सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनालले जिम्मेवारी पाएका छन् ।

माओवादीले यसअघि कोशी प्रदेशमा राम कार्की ‘पार्थ’, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७