मकवानपुर पहिरो अपडेट : बेपत्ता ६ जनाको खुल्यो पहिचान

पत्नीको मृत्यु, छोरी–ज्वाइँ, नाति–नातिनी र एक आफन्तसहित अक्कलको अवस्था अज्ञात


२३ श्रावण २०८०, मंगलवार
pahiro makwanpur hw5LIiIEoi

मकवानपुर । मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । अरु ६ जना अझै बेपत्ता भएका छन् । बिहान ४ बजे बाग्मती गाउँपालिका–५ सिक्रेदोभानमा भलसहित आएको पहिरोले घर बगाएको हो ।

स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा उद्धार गरिएकी उनकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षीया शीला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र पाहुना गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पहिरो गएको ठाउँ सिक्रेदोभान मकवानपुरको भोर्लेनी र काभ्रेको सीमा क्षेत्रमा पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७