बस्तीमा बाढी पसेपछि २५ घर डुबानमा


२४ श्रावण २०८०, बुधबार
duban

सप्तरी । तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ ।

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । बाढी पसेका घरका सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका छन् । बाढीबाट चार घरमा क्षति पुगेको छ । अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्तपाल परिसरलगायतका स्थान डुबानमा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७