भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या, बीचबाटै फर्काएर काठमाडौंमा अवतरण


२५ श्रावण २०८०, बिहीबार
Buddha air 1
फाइल फोटो

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि गन्तव्य नपुगी काठमाडौं फर्काइएको छ । १ः४० मा काठमाडौंबाट उडेको विमान १ः५३ मा काठमाडौंमै सिंगल इन्जिनमा ल्याण्ड गरेको हो ।

जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको र अहिले सो विमानको समस्या पत्ता लागिसकेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिएका छन् । उनले सो विमान ग्राउण्डेड भएको जानकारी दिए । उनले भने ‘९–एनएपी कलसाइनको जहाज (विमान) मा समस्या देखिएको हो । अहिले हामीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पठाइसकेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७