सरकारको स्थिरतामा शंका गर्नु पर्दैन : उपप्रधानमन्त्री खड्का


२७ श्रावण २०८०, शनिबार
Purna bahadur khadka scaled

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका गर्न नपर्ने बताएका छन् । आज (शनिबार) आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे ।

उनले व्यापार, व्यवसायमा रहेका समस्याहरूको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताए । ‘अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउन मुलुकमा सुशासनको नागरिकलाई अनुभूति दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ ।’

उनले भने, ‘यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन । हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौं ।’ उनले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताए । उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७