आफ्नै कोठामा १४ वर्षीया बालिका बलात्कृत


२८ श्रावण २०८०, आईतवार
rape unsafe women home
सांकेतिक तस्वीर

दाङ । दाङमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई हिजो शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा बलात्कार गरेका थिए । पीडितले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७