नयाँ मन्त्रीको शपथ सोमबार

काठमाडौँ । जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहको शपथ ग्रहण भोलि (सोमबार) विहान हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर साहलाई मन्त्री नियुक्त गर्ने भएका हुन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिको सचिवालयका अनुसार साहको शपथ भोलि बिहान १० बजे हुनेगरी तय भएको छ । आइतबार नै साहलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको थियो । यद्यपि माओवादी बैठकले ढिला निर्णय गरेपछि शपथ भोलि बिहान १० बजेका लागि तोकिएको हो ।