उपराष्ट्रपति यादव आज चीन जाँदै


२९ श्रावण २०८०, सोमबार
Ramsahaya prasad yadav

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (सोमबार) जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौं चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औं चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी आज चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी सोमबार दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिए ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७