प्रतिनिधिसभाको बैठक बस्दै, हटाउँला एमालेले अवरोध ?


२९ श्रावण २०८०, सोमबार
RS KTM RATL6177 1 scaled
फाइल फोटो

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने गराउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, सुनील कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

तर आजको वैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध रहने देखिएको छ । हिजो (आइतबार) एमाले मुख्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध कायमै रहने स्पष्ट पारिसकेका छन् । अध्यक्ष ओलीले सय किलो सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय संसदीय समिति गठन नभएसम्म संसदको अवरोध कायमै रहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७