सुन तस्करी धेरै हुन थाल्यो, कर तिरेर ल्याउन दिनु पर्छ : सभापति देउवा

आलोचना गर्दा अनुशासनको सीमा नबिर्सिन देउवाको चेतावनी


२९ श्रावण २०८०, सोमबार
deuwa 1
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुन तस्करी बढी हुन थालेकाले राज्यले पनि त्यहीअनुसार सोच्नु पर्ने बताएका छन् ।

पार्टी संसदीय दलको बैठकमा उनले सुन तस्करी धेरै हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको एक सांसदले जानकारी दिए । त्यसो गर्दा यसले तस्करीको बाटो रोकिने देउवाको धारणा छ । हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ । व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।

आलोचना गर्दा अनुशासनको सीमा नबिर्सिन देउवाको चेतावनी

सभापति शेरबहादुर देउवाले सांसदहरूलाई आलोचना गर्दा सीमा नबिर्सिन चेतावनी दिएका छन् । सोमबार संसदीय दलको बैठकमा दलको नेता समेत रहेको सभापति देउवाले स्वतन्त्रताका दुरुपयोग नगर्न चेतावनी दिएका हुन् । ‘राष्ट्रिय मुद्दामा, जनताको सवालमा बोल्नुस् । आलोचना गर्नुस् । तर, अनुशासनमा बस्नुपर्छ । आधारभूत मूल्य मान्यतामा बोल्नुहोस्,’ देउवाको भनाइ उद्धत गर्दै एक सांसदले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७