संसदमा आज पनि एमालेको नाराबाजी, बैठक भदौं ३ सम्मलाई स्थगित


२९ श्रावण २०८०, सोमबार
Samsad1692006878

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित गरिएको छ । संसदको काम–कारबाही अघि नबढाई बैठक स्थगित गरिएको हो । आज (सोमबार) को बैठकको सुरुमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसदले नाराबाजी गरेका थिए ।

उनीहरूको अवरोधका कारण काम–कारबाही अघि बढाउन नसकिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरिएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक आउँदो भदौ ३ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने भन्दै एमाले सांसदले बैठकमा नाराबाजी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७