माओवादीले मिहिनेत गरे २०६४ को जस्तै नतिजा ल्याउन सक्छ : प्रधानमन्त्री

‘जनतासँग पानी र माछाको जस्तो सम्बन्ध थियो, बीचमा अल्मलियौं’


३२ श्रावण २०८०, बिहीबार
prachanda
तस्वीर : प्रदीपराज वन्त

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रले मिहिनेत गर्न सकेमा २०६४ को जस्तै परिणाम ल्याउन सक्ने बताएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले जनतासँगको सम्बन्धलाई फेरि ट्रयाकमा ल्याउने संकल्पसहित अघि बढिएको बताएका छन् । उनले पहिले माओवादीसँग जनताको सबन्ध पानी र माछाको जस्तो भएको र बीचमा अल्मलिएको बताए ।

‘माओवादीसँग जनताको हिजो पानी र माछाको जस्तो सम्बन्ध थियो । नङ र मासुको जस्तो सम्बन्ध थियो । जनताको छोराछोरीको रूपमा माओवादीले जनताको रूपमा साथ दिने गरेको थियो’, उनले भने, ‘बीचमा अल्मलिएको कुरालाई फेरि एक पटक ट्याकमा, सहि बाटोमा ल्याउने संकल्प गरेर आएका छौँ ।’

सरकारमा गएपछि जनतासँग माओवादीको सम्बन्ध चिसिँदै गएको बताउँदै उनले अबको ६ महिना राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै १२० सिट आसपासको नतिजा ल्याउन सक्ने बताएका हुन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकास्थित डाडाँकटेरीमा बिहीबार आयोजित २०औँ दोरम्बा स्मृति दिवसलाई सम्बोधनका क्रममा प्रचण्डको यस्तो दाबी आएको हो ।

उनले २०५२ देखि २०६३ सालसम्म माओवादीले रक्तपातपूर्ण क्रान्ति गरेको बताउँदै अब समाजवादका निम्ति शान्तिपूर्ण अभियानमा होमिएको पनि बताएका छन् । प्रचण्डले जनतासँग बिग्रिएको सम्बन्ध अब सुधार्नुपर्ने बताए । ‘हामी अब जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध जुट्दै समाजवादी क्रान्ति सफल बनाउनु पर्छ’, उनले थपे, ‘आगामी ३ महिनामा हामी नयाँ वातावरण बनाउँछौं । त्यसपछिको ३ महिनामा माओवादी पार्टी जीवन्त भएर फर्किन्छ । यति गर्न सकेमा २०६४ को जस्तै नतिजा हामी ल्याउन सक्छौं ।’ ण्उनले सम्बोधनका क्रममा मुलुकको भ्रष्टाचार, विसंगति र अनियमितता हटाउने अभियानमा सरकार रहेको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७