राजनीतिक खिचातानीका कारण संसदलाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने


१ भाद्र २०८०, शुक्रबार
Rabi Lamichhane RSP
फाइल फोटो

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।

‘जनताका धेरै कुरा उठाउनुछ’, उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।’ सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे ।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७